सबै किसिमका भ्रष्टाचार विरुद्ध दृढताका साथ उभिने छौँ : माधव नेपाल

ब्रेकिङ न्युज

सबै किसिमका भ्रष्टाचार विरुद्ध दृढताका साथ उभिने छौँ : माधव नेपाल

 



चितवन । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले सबै किसिमका भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताउनु भएको छ । बिहीबार पार्टीको राप्ती नगर कमिटी चितवनको भेलालाई  सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताउनु भएको हो  ।

हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छौँ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति वा दललाई जनताले दण्डित गर्नुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो  । बिना पैसा काम नहुने परिपाटी अन्त्य हुनुपर्ने बताउँदै अहिले सबै क्षेत्रमा भ्रष्टाचार फैलिएकाले भ्रष्टाचारीलाई जनताले नै दण्डित गर्नुपर्ने उहाँले बताउनु भयो  ।

अध्यक्ष नेपालले भन्नुभयो , “हाम्रो पार्टी सुशासन, जनताको पक्षमा छ । जनतालाई रोजगारी उपलब्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गर्दै देशलाई अघि बढाउन दृढ छ ।” पार्टीलाई नयाँ उचाइमा पुर्याउनका लागि सबै नेता र कार्यकर्ता गाउँ, टोलसम्म पुगेर जनताका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले जनताको सङ्घर्षबाट नेपाल सङ्घीय लोकतान्त्रिक मुलुकका रुपमा अगाडि बढेको बताउँदै जनताका उपलब्धि खोस्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो  । , “अब जनताका दिन सुरु भएका छन् । मधेशी जनताको छोरो राष्ट्रपति बन्नसक्ने अवस्था हामीले बनाएका छौं । नेपाली छोरी राष्ट्रपति बन्ने सुनिश्चित बनाएका छौँ । यो हामीले जनताको शक्तिको उपजमा प्राप्त गरेका हौँ ।” उहाँले भन्नुभयो । 

आयोजक कमिटीका अध्यक्ष राम सेढाइँकोसभापतित्वमा भएको कार्यक्रममा पार्टीका उपमहासचिव गङ्गाराज तुलाधर, बागमती प्रदेश सदस्य सुमिता डल्लाकोटी, राप्ती नगरपालिकाका प्रमुख शमशेर लामालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  भेलाले रामकृष्ण पण्डितको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

 


Post a Comment

0 Comments