काठमाडौँ । नेकपा
(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गत असोजमा सम्पन्न भएको
‘समाजवादी जागरण अभियान’ ले समाजमा नयाँ तरंग सिर्जना गरेको बताउनु भएको हो ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अभियानमा खटिएका
स्वयंसेवकलाई सम्मानार्थ आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष
नेपालले उक्त कुरा बताउनु भएको हो ।
स्वयंसेवक सञ्चालन कमिटीका संयोजक विष्णु लम्सालको अध्यक्षतामा
सम्पन्न कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालमा पहिलो
पटक हाम्रो पार्टीले समाजवादी जागरण अभियान सम्पन्न गरेका छौं । उक्त अभियान हाम्रो
पार्टीले सञ्चालन गरेको भएपनि अन्य पार्टीलाई पनि तरंगित बनाएको छ। खासगरी नेपालको
राजनीति नै तरंगित बनाएको छ ।
हामीले घोषणा गरेको कार्यक्रम
एमालेले टिपेर हिड्यो
अध्यक्ष नेपालले राम्रो कामको अरूले पनि अनुसरण गर्न सक्नछन् भन्दै
एकीकृत समाजवादीले अघि सारेको कार्यक्रम एमालेले टिपेर हिडिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राम्रो कामको अरुले पनि
अनुसरण गर्छन्। राम्रो कामको कोही कसैले अनुसरण गर्छन् भने त्यो हाम्रा निम्ति
राम्रो कुरा हो । हाम्रो पार्टीलाई हेयको दृष्टिकोणले हेर्ने, जोसँग हाम्रो ठूलो अन्तरविरोध छ, त्यहि पार्टीले
हामीले घोषणा गरेको कार्यक्रम टिपेर हिडिरहेको छ ।’
समाजवादी जागरण अभियानका क्रममा खटिएका स्वयंसेवकलाई धन्यवाद दिदै
पार्टीको सिद्धान्त र विचारप्रति कटिवद्ध भएर लाग्न अध्यक्ष नेपालले निर्देशन
दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जागरण अभियानका क्रममा साथ
दिनुभएका सबै स्वयंसेवकलाई धन्यवाद दिन चाहान्छु । हामीले सम्पन्न गरेको अभियानमा
केही गल्ति भएका छन् । केही सिक्नुपर्ने छ। विगतबाट पाठसिक्दै हामी अगाडि
बढ्नुपर्छ ।’
समाजवादी जागरण अभियानलाई जनताले सकारात्मक रूपमा लिएको बताउदै
अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले सम्पन्न गरेको समाजवादी जागरण अभियानलाई
सकारात्मक रूपमा लिएका छन् । राजनीतिक क्षेत्रमा पनि हामीले सुरू गरेको अभियानको
प्रशंसा भएको छ । हामीले अरूको प्रशंसा सुन्ने हो । तर, हामीले
गरेका कामहरूको गहिरो समिक्षा गर्नुपर्छ । हामीले तय गर्ने मञ्च, हामीले प्रयोग गर्ने सडक, सुरक्षा आदीका बारेमा
हामीले सचेतता अपनाउनुपर्छ। राम्रा कुरालाई फैलाउने र कमजोरीलाई सुधार गर्दै अगाडि
बढ्नुपर्छ ।’
मनव जीवनका निम्ति आहारा पहिलो कुरा भएको बताउदै अध्यक्ष नेपालले
खाना स्वच्छ, स्वस्थ र सफा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले
अभियानका क्रममा धेरै मानिसहरूलाई सँगै खाना बनाउनुपर्ने भएका कारण भान्छा सफा
राख्नुपर्ने बताउनु भयो ।
0 Comments