जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियान सुरू गरिएको हो: अध्यक्ष नेपाल

ब्रेकिङ न्युज

जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियान सुरू गरिएको हो: अध्यक्ष नेपाल


 

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यहि असोज १४ गतेदेखि जारी समाजवादी जागरण अभियानले जनता जगाएको बताउनु भएको छ । 

मेची-महाकाली समाजवादी जागरण अभियान २०८० को आठौ दिन आइतबार भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियान सुरू गरिएको जानकारी दिनुभयो । 

त्यस्तै सभामा महासचिव घनश्याम भुसालले गरिबी र बेरोजगारी उन्मूलन पार्टीको मुख्य कार्यभार रहेको बताउनु भयो ।  उहाँले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेको बताउनु भयो । बेरोजगारी समस्या समाधान गरि सुशासन, समृद्विका लागि समाजवादी जागरण अभियान सुरू गरिएको जानकारी दिनुभयो । 

महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरूद्व लड्ने बताउँदै अहिले धर्म र जातिका नाममा लडाएर बेरोजगारी र गरिबी उन्मूलनको मुद्दालाई छायामा पार्ने प्रत्यत्न गरेको भन्दै त्यसलाई अभियानले चिर्ने दाबी गर्नु भएको छ । 

जनसभाममा पार्टी उपमहासचिव डा.विजय पौडेल, रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेता रामबहादुर बस्नेत, युवा सार्दुल मियालगायतले मन्तव्य राख्नु भएको पार्टीका केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभएको छ । 

 


Post a Comment

0 Comments