हामीले राजनीतिक कोर्ष करेक्सन गरेका हौं: अध्यक्ष नेपाल

ब्रेकिङ न्युज

हामीले राजनीतिक कोर्ष करेक्सन गरेका हौं: अध्यक्ष नेपाल

 


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले विद्रोहको पुष्टि भइ सकेको जिकिर गर्नु भएको छ । 

'नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी नै एकीकृत समाजवादी पार्टी हो । देश र जनताको समस्या बुझ्ने र समाधान गर्ने पार्टी नै हाम्रो पार्टी हो । हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पुष्टि त्यतिबेला नै भइसकेको हो। जुन बेला केपी ओलीले संसद विघटन गरे। संविधान मिच्ने काम गरे । त्यसलाई असफल पारेर हामीले राजनीतिक कोर्ष करेक्सन गरेका थियौं । आज हामीले मेचीबाट समाजवादी जागरण अभियान सुरु गरेका छौं । जनताको दुःख सुख, अवस्था, समस्या के छन्, ? अब कसरी अगाडि बढ्ने भनेर जनताको बीचमा आएका हौं ।’ 

साथै उहाँले प्रदेशलाई सम्पूर्ण अधिकार दिनुपर्नेमा जोड दिनुभएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेशलाई सम्पूर्ण अधिकार दिएको खण्डमा मात्रै संघीयता बलियो हुने बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘संघीयताको विकल्प भनेको संघीयता हो। बरु यसलाई बलियो कसरी बनाउने? यतातिर ध्यान दिनुपर्छ ।’ समाजवादी जागरण अभियान-२०८० को चौथो दिन जनकपुर आइपुगेको अभियानका बारेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पार्नु भएको छ ।

त्यस्तै अध्यक्ष नेपालले कोशी प्रदेशमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी आर्को गठबन्धन नबनाउने जानकारी दिनुभयो ।  

 


Post a Comment

0 Comments