एकीकृत समाजवादीले मेची–महाकाली राष्ट्रिय अभियान चलाउने (निर्णयसहित)

ब्रेकिङ न्युज

एकीकृत समाजवादीले मेची–महाकाली राष्ट्रिय अभियान चलाउने (निर्णयसहित)

 


नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने बताएको छ । बैठकले देशभर पार्टीको बिस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरूमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेर मात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरू त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरूमा कमिटी गठन र सबै कमिटीहरूले सदस्यताको वितरण गर्ने निर्णय गरेको छ ।

१५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष र सचिवहरूलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने र नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ ।

निर्णयहरु

Post a Comment

0 Comments